नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको महालेखा नियन्त्रक कार्यालय मातहतको निकाय कोष तथा लेखा नियन्त्रक कार्यालय हो । महालेखा नियन्त्रक कार्यालय वि.सं. २००८ सालमा महालेखापालको रुपमा स्थापित भएको र वि.सं. २०३२ साल देखि महालेखा नियन्त्रक कार्यालयको रुपमा रहेको छ । वि.सं. २०३८ सालमा प्रतिनिधी कार्यालयको रुपमा सबै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालय (काठमाडौंमा थप ४ भुक्तानी केन्द्र समेत हाल ८१ वटा) स्थापना भयो । यसै अन्तर्गत सप्तरी जिल्लामा रहेको संघ र स्थानीय तहहरुको बजेट निकासा, लेखा व्यवस्थापन र कोषको नियन्त्रण गर्ने लगायतका कार्यहरु कोष तथा लेखा नियन्त्रक कार्यालय, सप्तरीले गर्दै आएको छ ।